आफैंले बनाएको औषधि खाएका डाक्टर ठाउँको ठाउँ ठहरै

  • साझा डबली
  • शुक्रबार, साउन ३, २०७६
  • काठमाडौं, साउन ३। चीनको दक्षिणपूर्वी भागमा रहेको शाओगुआनमा एक झोले चिकित्सकको आफ्नै घरेलु औषधि खाएपछि मृत्यु भएको छ । रोगीसमक्ष आफ्नो परम्परागत औषधि ठीक भएको भनी प्रमाणित गर्न उनले औषधि खाएका थिए ।

    ढाडको समस्या भएर अघिल्लो बिहीवार झोले चिकित्सककहाँ पुगेकी एक महिलालाई उनले औषधि दिएका थिए । त्यो औषधि खाएपछि उनलाई वाकवाक लागेको थियो ।

    उक्त औषधिमा कुनै समस्या नरहेको प्रमाणित गर्नका लागि कुइ थर भएका चिकित्सकले आफैं सानो डोज लिए । औषधि खाएको केही बेरपछि उनलाई विष परेको लक्षण देखिन थाल्यो । त्यसपछि उनलाई अस्पतालतिर कुदाइयो ।

    आपतकालीन उपचार सफल नभएपछि उनलाई मृत घोषित गरियो ।

    रोगी महिलाको नाम शियाओ हो । उनलाई गलत औषधिले वाकवाकी लागेपछि तत्कालै अस्पताल पुर्‍याइयो । उनलाई विष परेको र अंग पनि फेल भएको पाइयो । धेरै दिनको उपचारपछि उनको स्वास्थ्यअवस्था स्थिर रहेको बताइएको छ ।

    पत्रकारहरूसँग कुरा गर्दै उनले गाउँमा रहेको कथित अर्थोपेडिक क्लिनिकका चिकित्सककहाँ जान आफूलाई भनिएको बताइन् । आफू निकै पीडामा भएकाले त्यहाँ गएको उनको भनाइ छ ।

    ‘ती चिकित्सकले मेरो ढाडको मालिश गरे अनि पानीमा एउटा अनौठो धूलो हालेर पिउन दिए ।’

    युएबेई पीपुल्स हस्पिटलको नेफ्रोलोजी विभागकी चिकित्सक हे मिनका अनुसार, उक्त धूलो हार्टब्रेक ग्रास नामक अत्यन्तै विषालु लहरोबाट बनेको हो ।

    उनका अनुसार, अनुमति प्राप्त नगरेका गाउँका चिकित्सकहरूले यो लहराको धूलो प्रयोग गर्ने गरेका छन् । तर यसलाई कहिले पनि प्रयोग गर्नु हुँदैन । ती झोले चिकित्सकको क्लिनिक बन्द गरिएको छ । अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology