संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई दियो निर्देशन

  • साझा डबली
  • मङ्लबार, असार १७, २०७६
  • काठमाडौं, असार १७। संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । अबार्ड आयोजकको प्रस्तावले नेपालको स्वाधिनता, स्वतन्त्रता, सार्वभौमसत्ता र अस्मितामाथि आँच पुर्‍याउने भन्दै रोक्न नेपाल सरकारलाई निर्देशन दिएको हो।

    समितिको मंगलबार बसेको बैठकले आयोजकको प्रस्ताव अनुसार कार्यक्रम भए देशकै स्वाधिनता धरापमा पर्ने ठहर गरेको छ । बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरु अग्निप्रसाद सापकोटा, भिम रावललगायतको उपस्थिति थियो ।

    समितिको मंगलबार बसेको बैठकले कार्यक्रम रोक्न निर्देशन दिनका साथै कार्यक्रमबारे सम्पूर्ण जानकारी सरकारबाट माग्ने निर्णय पनि गरेको छ ।

    यसैबीच, सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आईफा अवार्ड नेपालमा भएरै छाड्ने बताउका छन् । उनले अवार्ड राष्ट्रिय हितमा भएको भन्दै अवार्ड सफल पार्न सरकारले सहयोग गर्ने बताए ।

    मंगलबार नै संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले अवार्डबारे राखेको प्रश्नमा मन्त्री बास्कोटाले अबार्डका लागि सरकारले बजेट भने उपलब्ध नगराउने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology