स्वास्थ्य केन्द्र बन्यो गलबन्दी च्यातिएको उपचार गर्ने ठाउँ

  • साझा डबली
  • बिहिबार, साउन २, २०७६
  • अमृत बास्तोला/तेह्रथुम, साउन २। मानिस जतिसुकै बेला पनि बिरामी पर्न सक्छ । बिरामी पछि स्वास्थ्य संस्था नै जाने हो । तर बुधबार रातिको तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको वातावरण स्वास्थ्य बनेन । स्वास्थ्य केन्द्रको वातावरण नै स्वास्थ्य नबनेपछि सेवाग्राहिले कस्तो सेवा पाउलान् ?

    स्वास्थ्य केन्द्रमा आधारात सम्म दोहोरी साँझ नै चल्यो । चर्चित गित गलबन्दी च्यातियोको भाका सँगैको माहोलले स्वास्थ्य केन्द्रलाई तताएको थियोे ।

    स्वास्थ्य केन्द्र वरपरको वातावरण आधारात सम्म होहल्लाले भरियो । स्वास्थ्य केन्द्र गलबन्दी च्यातिएको उपचार गर्ने ठाउँ होइन, सबै किसिमका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने निकाय हो ।

    स्वास्थ्य केन्द्रमा पार्टी संचालन र होहल्ला गर्न नमिल्ने तेह्रथुमका स्वास्थ्य कार्यक्रम प्रमुख योगराज घिमिरेले बताए । स्वास्थ्य संस्थामा जुनसुकै बेला पनि बिरामी आउने भएकोले नागरिकको स्वास्थ्य सेवामा स्वास्थ्यकर्मी जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

    आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बू र संक्रान्तिबजारका वडा अध्यक्ष कमलबहादुर मावोले यस बारेमा जानकारी नभएको बताए ।

    आठराईका स्वास्थ प्रमुख एवम् प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा. सन्तोषप्रसाद शाहले स्वास्थ्य केन्द्र भित्रै केही वडाका स्वास्थ्य प्रमुख सहित पाटि संचालन भएको बताए।

    आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको स्वागतको लागि कार्यालयमा पार्टी आयोजना गरिएको उनले बताए । स्वास्थ्य कार्यालय भित्रै पार्टी संचालन गर्न हुदैन भन्ने थाहा हुदाहुदै पनि गर्दै जादा यस्तोमा भएको केन्द्र प्रमुखको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology