प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

  • साझा डबली
  • आइतवार, साउन ५, २०७६
  • काठमाडौं, साउन ५। प्रहरी र गाँजा तस्करबीच मकवानपुर जिल्ला लमनहरी गाउँपालिका–९ रजैयास्थित राप्तीखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ।

    शनिबार राति गाँजा बोकेको ५–६ जनाको समूह र प्रहरीबीच गोली हानाहान भएकोबताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ सुरु गरेको हो ।

    त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो। तर दुवैतर्फ मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology