कति दिनसम्म पर्छ पानी ? के भन्छ मौसम पूर्वानुमान महाशाखा ?

  • साझा डबली
  • मङ्लबार, भदौ ३१, २०७६
  • काठमाडौं, भदौ ३१ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबारसम्म मध्य र पूर्वी भू–भागका धेरैजसो स्थान तथा पश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

    भारतको उडिसा र पश्चिम बंगाल आसपासमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालमा मनसुन सक्रिय रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार पश्चिम र मध्य भू–भागको केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौं उपत्यकामा १० मिलिमिटर वर्षा भएको जनाएको छ ।

    त्यस्तै, पोखरामा ७६ मिलिमिटर, दाङमा १५ मिलिमिटर, सिमरामा ५ मिलिमिटर, नेपालगञ्जमा ३७ मिलिमिटर र विराटनगरमा १५ मिलिमिटर वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबारसम्म मध्य र पूर्वी भू–भागका धेरैजसो स्थान तथा पश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

    भारतको उडिसा र पश्चिम बंगाल आसपासमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालमा मनसुन सक्रिय रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार पश्चिम र मध्य भू–भागको केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौं उपत्यकामा १० मिलिमिटर वर्षा भएको जनाएको छ ।

    त्यस्तै, पोखरामा ७६ मिलिमिटर, दाङमा १५ मिलिमिटर, सिमरामा ५ मिलिमिटर, नेपालगञ्जमा ३७ मिलिमिटर र विराटनगरमा १५ मिलिमिटर वर्षा भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology