नेपाली रेल फागुनभित्रै, २ सय २६ जनालाई रोजगारी

  • साझा डबली
  • बुधबार, माघ २२, २०७६
  • काठमाडौँ, माघ २२। कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ।

    विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो।

    नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर्न लागेको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए। दुवै रेलको कूल रकम भ्याटबाहेक करिब ८५ करोड रहेको बताउनुभयो। भारतीय फ्याक्ट्रीमा निर्माण भइरहेको रेलमध्ये सम्झौताबमोजिम एउटा महिनाअघि र अर्को एक महिनापछि डेलिभरी गर्नेछ।

    पुराना पूर्वाधार र रोलिङ सटक काम लाग्ने अवस्थामा नरहेकाले नयाँ शक्ति तथा नयाँ प्रविधिसँगै विभागले आवश्यक अध्ययन अनुसन्धान गरिरहेको भन्दै उहाँले हाल भारत सरकारबाट विज्ञ २६ जना कर्मचारी लिने सहमति भएको बताउनुभयो।

    यसबाहेक नेपालीका लागि सरकारले दरबन्दी आह्वान गर्न २ सय जनाको माग गर्न स्वीकृति दिएको उहाँले बताउनुभयो। हाल विभिन्न ४५ पदका लागि २ सय २६ दरबन्दीमा कर्मचारी नियुक्त गर्ने उहाँले बताउनुभयो।

    सरकारले रेल रञ्चालनसम्बन्धी विधेयक पनि संसदमा दर्ता गरिसकेको छ। आजको कारोबार दैनिकमा खबर छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology