आज अप्रिल फुल, गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने

  • साझा डबली
  • बुधबार, चैत्र १९, २०७६
  • काठमाडौं, चैत्र १९। गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने भएको छ । कोभिड–१९ को महामारीका बीच गुगलले आफू गम्भीर रहने बताउँदै यस्तो निर्णय गरेको हो ।

    बिजनेस इन्साइडरले गुगलका म्यानेजरलाई लेखिएको आन्तरिक पत्रलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

    ‘कोभिड–१९ महामारीसँग लडिरहेका प्रत्येक व्यक्तिको सम्मानका लागि यस वर्ष हाम्रो परम्परालाई स्थगित गरौं । हाम्रो सबैभन्दा ठूलो उद्देश्य भनेको मानिसहरुलाई सकेसम्म सहयोग गर्नु हो । त्यसकारण हाम्रो ठट्टा अर्को वर्षको अप्रिलसम्मका लागि जोगाएर राखौं,’ गुगलका मुख्य बजार अधिकारी लोरेन टुहिलले बताए ।

    टुहिलले कम्पनीले आफ्नो ठट्टा गर्ने परम्परा अर्को वर्षदेखि लागू गर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology