‘कालजयी गीत’को संज्ञा पाएको ‘यो जिन्दगी’ बोलको लिरिकल भिडियो सार्वजनिक(भिडियो सहित)

  • साझा डबली
  • बुधबार, चैत्र २६, २०७६
  • काठमाडौं, चैत्र २६ । नेपाली गीत सङ्गीतमा नयाँ आयाम थप्ने दृढ सङ्कल्पका साथ अघि बढिरहेका सङ्गीतकर्मी लाबोनी र प्रमोद प्रसाई ‘लाबोनीप्रमोद’ले एउटा विल्कुलै नयाँ गीत सार्वजनिक गरेका छन् । लाबोनी चक्रवर्ती प्रसाईको आवाजमा रहेको ‘यो जिन्दगी’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

    पछिल्लो समयमा बढी मसालेदार र तडकभडकवाला गीतले बजार तताइरहेको समयमा यो विल्कुलै मानव जीवन, भोगाइ, बाध्यता र विवशतालाई समेटेर तयार गरिएको अत्यन्तै मर्मस्पर्शी गीत हो । व्यापारभन्दा पनि गीतको अमरतालाई बढी महत्व दिई सिर्जना गरिएको यस गीतको आयु भने अब कलाकारले स्रोताको हातमा सुम्पेका छन् । शब्दलाई सङ्गीत र सङ्गीतलाई संयोजन अनि स्वरले उत्तिकै न्याय दिएका गीत प्राय कमै पाइन्छन् तर यो गीतमा सबैको मिहेनत उत्तिकै पाउन सकिन्छ । यो गीतलाई संगीतका अग्रजहरुले आधुनिक गीतसंगीतमा ‘कालजयी गीत’को संज्ञा दिएका छन् ।

    लामो समयदेखि सङ्गीत साधनामा लागेका कलाकारद्वय लाबोनीप्रमोदकाे साधना र प्रतीक्षाको नतिजा यो गीतमा प्रस्ट झल्किएको देखिन्छ । तेजेन्द्र काफ्लेले लेखेको यस गीतमा सङ्गीत भर्ने काम लाबोनीप्रमोदले गरेका छन् भने सङ्गीत संयोजन सचिन सिंहको रहेको छ । ‘गीत लाबोनीप्रमोद’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    हेर्नुहोस भिडियो 

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology