सुनसान काठमाडौंको कोरोना कहर (फोटो कथा)

  • साझा डबली
  • बिहिबार, बैशाख ४, २०७७
  • काठमाडौं, बैशाख ४। चीनको बुआन प्रान्तबाट विश्वभर फैलिएको कोभिड १९ अर्थात नोवल कोरोना भाइरसको संन्त्रासपछि गत चैत्र ११ गतेबाट काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लक डाउन) गरिएको छ । लक डाउनपछि राजधानीमा अनौठो सन्नाटा छाएको छ । शहरका सडक, चोक र डवली मात्रै होइनन् । जहाँ त्याही चंकमन्न र सुनसान छ ।

    चारैतिर प्रहरी तैनाथ छन् । अत्यावश्यकीय सेवासम्वद्ध स्वास्थ्यकर्मी,कुटनीतिक नियोग प्रेस एम्बुलेन्सलगायतका सवारी आवत जावत गरिरहेका छन् भने अन्य ठप्प छन् ।

    शहर आएर बसेका श्रमिकहरु भोकले पट्पटाउदै गाँउ जाने लस्कर बाँध्न थालेका छन् । फुटपाथमा भेटिने गाईगोरु,कुकुर, बाँदर र परेवालगायत पशुपन्छी खानेकुराको अभावमा छट्पटिदै छन् ।

    शताव्दीपछि मानव सभ्यताले दुःखद माहामाराीको चपेटामा परेको छ ।

    सुनसान काठमाडौंका केही दृश्य यस्ता छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology