आज – १८ कार्तिक २०७७ मंगलवार को राशिफल

  • साझा डबली
  • मङ्लबार, कार्तिक १८, २०७७
  • मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

    आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउ

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

    आज कार्य क्षेत्रमा सजग रहनु उचित हुने देखिन्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक ठाउँमा धन खर्चपनि हुनेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

    पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यापार व्यवसायमा वृद्धि र आम्दानीका स्रोतपनि बढ्नेछन् ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

    काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

    काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । व्यापार व्यवसायमा वृद्धिहोला ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

    महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । समय व्यवस्थापन गर्न गारो पर्नेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्छ ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

    आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

    आज शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

    अरूलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्ने र मित्र सुख मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

    अचल सम्पत्ती हात पर्ने योगछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

    आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईनेछ । नयाँ कार्यको थालनी हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
    – ज्यो.प. नारायणप्रसाद दुलाल

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology