आज – १९ कार्तिक २०७७ बुधवार को राशिफल

  • साझा डबली
  • बुधबार, कार्तिक १९, २०७७
  • मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

    आफन्त तथा मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता मिल्नेछ । यात्राको सम्भावनापनि छ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

    आज दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

    काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

    आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

    आज मन हर्ष र प्रसन्नताका साथ समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्नेछ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

    परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । व्यापरमा विशेष सफलता हात लाग्नेछ ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

    आज औपचारिकतामा बढी व्यस्त रहन पर्नसक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमी/प्रेमिकाका बिच खिन्नता भने बढ्न सक्छ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

    आज बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीत वर्गप्रति आकर्षण बढ्न सकछ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

    आज नाता–कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । कसै सैलाई परदेशी घर फर्कने र रमाइलो वातावरण छाउनेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

    रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउने योग परेको दिन छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

    आजबाट लामो समायाबाट रोकिएको काम पुन: प्रारम्भ हुनेछ । वैदेशिक क्षेत्रको कामपनि अघि बढ्नेछ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology