शेयर बजार : २.३९ अंकले घट्यो नेप्से , १ अर्ब ७५ करोडको कारोबार

  • साझा डबली
  • बुधबार, कार्तिक १९, २०७७
  • काठमाडौँ । आज नेप्से २.३९ अंकले घटेको छ । कुल २०१ कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    बुधबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको शेयर घटेको छ। यो दिन व्यापार समूह सबैभन्दा बढी २५.३१ अंकले बढेको छ । होटेल्स् समूहमा ४.६७ अंक, जलविद्युत् समूहमा १.५८ अंक, अन्य समूहमा ५.३९ अंक र म्युचुअल फन्ड समूह ०.०१ अंकको बढेको छ । उता निर्जीवन बीमा समूह सर्वाधिक ८८.६८ अंकले गिरावट आएको छ । जीवन बीमा समूह १२.६७ अंक, बैंकिङ समूह ३.०४ अंक, विकास बैंक समूह ११.४२ अंक, वित्त समूह २.८८ अंक, उत्पादन तथा प्रशोधन समूह ०.११ अंक र लघुवित्त समूह ३.६६ अंकले घटेका छन्।

    बुधबार काराेबार रकमकाे आधारमा प्राइम कमर्सियल बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । बैंककाे ९ कराेड ५३ लाख ३ हजार ४ सय ३३ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

    यस दिन विशाल बजार कम्पनी र सानिमा जनरल इन्सुरेन्सको सेयर भाउ पोजिटिभ सर्किट लागेको छ भने शिवश्री हाइड्रोपावरको भाउ ५.१७ प्रतिशत ले घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology