‘माधव नेपाललाई प्रयोग गरेर प्रधानमन्त्री बन्न खोज्दा प्रचण्ड सडकमा पुगे, सडकमा पनि जनताको साथ पाएनन्’ : शंकर पोखरेल

  • साझा डबली
  • सोमवार, पुस २०, २०७७
  • काठमाण्डौ, पुस २० । नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको टिप्पणी गरेका छन्। चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पूर्व एमाले भित्रको अन्तर्विरोधमा खेल्न खोज्दा प्रचण्ड फसेको बताए।

    सडकमा निस्कँदा जनताले साथ देलान् भन्ने सोचेका प्रचण्डलाई आफ्नै कार्यकर्ताले साथ नदिएको दाबी गरे। जनताले साथ नदिएपछि विदेशीसँग हारगुहार गर्न थालेको बताए। जनतामा जान नचाहनेहरूले विघटनको विरोध गरेको भन्दै उनले चुनावमा जितेर प्रधानमन्त्री बन्न समेत प्रचण्डलाई चुनौती दिए।

    नेता पोखरेलले भने, ‘अध्यक्ष ओलीमाथि लगाएका अभियोग फिर्ता लिएर आए चितवनमा स्वागत छ । नत्र निर्वाचनमा अन्यत्र ठाउँ खोजे हुन्छ, चितवनमा सम्भव छैन । ’लोकतन्त्रमा जनताको माझमा जाने काम तानाशाही हुँदैन उनीहरु पनि निर्वाचन क्षेत्रतिर लागिसकेको मुख्य मन्त्री पोखरेलले बताए ।

    उक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले निर्वाचन आयोगमा केपी ओली नेतृत्वको पार्टी नै आधिकारिक रहेको सरकारले तोकिएकै मितिमा निर्वाचन गर्ने दाबी गरे। ‘यद्यपि हामी अदालतको निर्णयको सम्मान गर्छौं,’ उनले भने।

    कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा पनि सहभागी छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology