शिक्षकको जिल्लान्तर सरुवा रोकियो (आदेश पत्र सहित)

  • साझा डबली
  • मङ्लबार, पुस २१, २०७७
  • काठमाडौं,पुस २१ । शिक्षकले एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन नपाउने भएका छन् । शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले जनाएको छ ।

    केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार परिपत्र गर्दै दरबन्दी मिलानको काम नसकिएसम्म रोक लगाउन निर्देशन दिएको जानकारी दिएका छन् । उनका अनुसार दरबन्दी मिलानको काम सक्ने अझै केही दिन लाग्ने छ ।

    परिपत्रका अनुसार शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरणसमेत प्राप्त भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरिएको छ । केन्द्रको पूर्वअनुमति लिएका शिक्षकहरुको हकमा भने जिल्लान्तर नरोकिएको जानकारी दिइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology