बेहुलामा यस्ता देखिए मुख्यमन्त्री शेरधन राई (फोटो फिचर)

  • साझा डबली
  • आइतवार, माघ ११, २०७७
  • काठमाण्डौ, माघ ११ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । राई आइतबार मिस मंगोल २०१८ जाङ्मु इन शेर्पासँग काठमाडौंमा विवाह बन्धनमा बाँधिएका हुन् । बालुवाटारस्थित एलिश रिसेप्सन्समा विवाह समारोहको आयोजना भएको छ । विवाहमा अति निकटका सानो समूहलाई मात्र आमन्त्रण गरिएको छ ।

    ४९ वर्षीय राईले आफूभन्दा दोब्बर कम उमेरकी २३ वर्षिया मोडल शेर्पालाई जीवनसाथी रोजेका हुन्। उनीहरू केही समयदेखि प्रेम सम्वन्धमा थिए।मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।

    प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पुरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन्। राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुने भएको छ।

    १३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

    तस्विर:  धुब्र सुबेदी

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology