चौतारामा बसेर म अध्यक्ष भएँ भन्दै हिँड्या थे, हिजो निर्वाचन आयोगले खतम गरिदियो : प्रम ओली

  • साझा डबली
  • सोमवार, माघ १२, २०७७
  • काठमाडौं,माघ १२ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफु असफल भएपनि देशलाई असफल हुन नदिने बताएका छन। देशको विकासमा नै सबै एकजुट भएर अगाडी बढ्नुपर्ने एक कार्यक्रममा प्रम ओलीले बताएका हुन ।

    ओली पक्षीय नेकपाद्वारा दाङमा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई पार्टीको साधारण सदस्यबाटै हटाउने भनी अर्को समूहले गरेको निर्णयप्रति कटाक्ष पनि गरेका छन। ‘अहिले केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटायौं रे, हाँस्न मन लाग्दैन ?’ भनेर सोधेका थिए ।

    ‘केही मान्छेहरू बैठकमा नआएर, चौतारामा बसेर म अध्यक्ष भएँ भन्दै हिँड्या थे, हिजो निर्वाचन आयोगले खतम गरिदिएछ । यहाँ अध्यक्ष कोही भा’छैन भनिदियो,’ ओलीले भने । उहाले विरोधीहरूले चाहँदैमा आफूलाई केही नहुने बताए। ‘उनीहरूले सक्ने हो भने त भरसक केपी ओली यो पृथ्वीमै नरहे हुन्थ्यो भन्छन् । उनीहरूले भनेर त हुने हैन,’ ओलीको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology