आवाज -द भोइस अफ एभ्री वुमन

  • साझा डबली
  • बिहिबार, माघ २९, २०७७
  • काठमाडौँ। शृङ्खला अधिकारी मनोविज्ञानमा स्नातक तह अध्यन गर्दै गरेकी विद्यार्थी हुन् । विश्वव्यापीरूपमा फैलिएको कोभिड -१९ का कारण लामो समयसम्मको अत्यासलाग्दो लकडाउनको समयमा नेपाली समाज, नेपाली महिला अनि मनोविज्ञानसँग सम्बन्धित सर्ट फिल्म बनाउने निधो गरिन् जसको परिणाम हो `आवाज -द भोइस अफ एभ्री वुमन´ जहाँ नेपाली महिलाले खेप्नुपरेको सामाजिक आर्थिक अनि मनोवैज्ञानिक उल्झनको बारेमा उतारिएको छ।

    आजभोलि युवाहरुले समूह निर्माण गर्ने अनि विभिन्न सामाजिक कामहरु गर्ने ट्रेन्ड नै बनेका छन् । त्यसैको एउटा उदाहरण हो `रिभाइभल्स´ जहाँ विभिन्न क्षेत्रमा अध्ययनरत ऊर्जाशील युवाहरूले सामाज विकास गर्ने उद्देश्यसहित आफ्नो समूह बनाएका हुन् ।

    निकट भविष्यमा नै विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण तथा विभिन्न सचेतनामुलक कार्यक्रमहरु लिएर आउने तयारीमा जुटिरहेको यहीँ अभियानका एक अभियानकर्ता सोहिल सुबेदी बताउछन् ।

    साथै पछिल्लो समय अत्यासलाग्दो बलात्कारसम्बन्धी जघंन्य अपराधको शृङ्खला बढिरहेको घटनाहरु निर्मुल पार्न पनि यो टिमले कार्यक्रमहरु ल्याउने उनीहरूले बताएका छन् ।सामाजिक संरचनाको पुछारमा महिलाहरू रहेको हुँदा हरेक घट्नाहरुमा उनिहरुप्रती विभेद हुन्छन उनीहरुको पक्षमा लडिरहनु पर्ने अनि मात्र सामाजिक न्याय र समानता ल्याउन सकिने कानुन अध्यनरत विद्यार्थी आयुशा जोसीको जिकिर छ ।

    समग्रमा `आवाज ´ महिलाहरुको उत्पिडनविरुद्धको आवाज हो । नेपाली महिलाहरुले वर्षौदेखि सामना गरिरहेका अपमान विरुद्धको आवाज हो । यसरी बनिरहेको सर्ट फिल्मले पुरुष प्रधान सामाजिक संरचना भत्काउन सहयोग भने पक्कै पुग्नेछ!

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology