नेपाल प्रहरीको नयाँ सर्कुलर, आफुखुशी सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाइने

  • साझा डबली
  • शनिबार, फाल्गुन १५, २०७७
  • काठमाण्डौ,फागुन १५ । नेपाल प्रहरीले प्रहरी कर्मचारीहरुलाई सामाजिक सञ्जाल प्रयोगमा थप कडाई गरेको छ । अब प्रहरी कर्मचारीले आफूखुशी सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाई सर्कुलर जारी गर्दै संगठनको छविमा नकारात्मक प्रभाव पार्ने गरी सामाजिक सञ्जाल प्रयोग नगर्न कर्मचारीहरुलाई निर्देशन दिएको हो ।

    प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने ‘आचार संहितासम्बन्धी कार्यादेश, २०७७’ बिपरीत हुने गरी फेसबुक, ट्वीटर, यूट्युब लगायतमा संगठनसंग सम्बन्धित सामाग्री शेयर नगर्न आग्रह गरेको छ ।

    ‘प्रहरी संगठनको छवि-क्रियाकलापमा नकारात्मक प्रभाव पार्ने खालका सामाग्रीहरू फेसबुक, ट्वीटर, यूट्युब, टिकटक लगायतमा पोष्ट, शेयर, ट्याग, कमेन्ट, लिङ्क शेयरिङ, ट्वीट तथा रि–ट्वीट नगर्नु हुन अनुरोध छ’, जारी सर्कुलरमा भनिएको छ । प्रहरीले सुपरीवेक्षण तहमा रहेका अधिकृतहरूलाई त्यसको अनुगमन तथा निर्देशनको जिम्मा दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology