सुत्केरीको मृत्युपछि प्युठान जिल्ला अस्पतालको लापरबाही भन्दै नाराबाजी

  • साझा डबली
  • आइतवार, फाल्गुन १६, २०७७
  • प्युठान,फागुन १६ । प्युठान जिल्ला अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै परिवारले विरोध जनाएका छन् । गत बिहीबार पहिलो शल्यक्रियाबाट शिशु ९छोरा०को जन्म दिएकी झिमरुक गाउँपालिका–७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति मृत्यु भएको हो ।

    अस्पतालले उनको पुन शनिबार दोस्रो पटक शल्यक्रिया गरेको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालले शनिबार राति २ बजे बुटवल रिफर गरेको थियो । उनलाई बुटवल ल्याउदै गर्दा दाङको भालुबाङमा मृत्यु भएको हो । अस्पतालले बिरामीलाई अन्तिम समयमा रिफर गर्नु अस्पतालको लापरवाही भएको मृतकको श्रीमान सुदन थापाले बताए ।

    अनिसाको शवलाई अहिले प्युठान जिल्ला अस्पतालमै राखिएको छ । डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । अनिसाको तस्वीर अंकित ब्यानरसहित प्रदर्शनमा उत्रिएकाहरुले ‘अनिसालाई न्याय दे’लगायतका नारा लगाएका छन् ।

    आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान उनीहरुले लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology