जुवातास खेल्दै गरेका ६ जना पक्राउ

  • साझा डबली
  • मङ्लबार, चैत्र २४, २०७७
  • नवलपुर, चैत २४ । पूर्वी नवलपरासीको कावासोतीबाट प्रहरीले ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

    कावासोती नगरपालिका ८ स्थित गिरीप्रसाद तड्नामीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले जुवाखालबाट ३१ हजार ५ सय ९० रुपैयाँ र तीन बुक तास बरामद गरेको जनाएको छ ।

    पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद छ को दफा १२५ अनुसा कारबाही हुने जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology