अभिनेता सुवास थापाको निर्देशनमा डेव्यु, ‘कुल्चि हिँड्छन् फूललाई’को म्युजिक भिडियो चर्चामा (भिडियो सहित)

  • साझा डबली
  • शुक्रबार, बैशाख १७, २०७८
  • काठमाडौ,बैशाख १७ । अभिनय तथा निर्देशन दुवैमा सक्रिय अभिनेता सुवास थापाको निर्देशनमा नेपाली सांगीतिक बजारमा नयाँ म्युजिक भिडियो आएको छ । खेम रिजालको शब्द, छवि न्यौपानेको स्वर र कर्मा ग्यान्चेन संगीत रहेको गीत ‘कुल्चि हिँड्छन् फूललाई’को म्युजिक भिडियो अहिले निकै चर्चित रहेको छ । पछिल्लो समय अमेरिकामा बस्दै आएका थापा उक्त भिडियोमा उनको अभिनयले दर्शकको मन छुने खालको रहेको छ ।

    पूर्व प्रेमीप्रेमीकाको मिलन बिछोड र जीवनको उतारचढावको कथा प्रस्तुत गरिएको भिडियो तोरी राइसले छायाँकन गरेका हुन् । बिनीता खड्का थापाको कोरियोग्राफी रहेको भिडियोमा सुवासका अलवा बिनीता खड्का थापा, सिआइला, पतृक र कृष्टिनको अभिनय रहेको छ ।

    ‘कोही मेरो,’ ‘तथास्तु’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्ममा अभिनय गरेर चर्चामा रहन सफल सुवास केही बर्षयता सपरिवार अमेरिकामा बस्दै आइरहेका छन् ।

    अमेरिकामा रहे पनि कलाकारिता प्रति आफ्नो अगाढ प्रेम रहेकाले मौका मिलेसम्म नेपाली फिल्म तथा गीत संगीतमा आफूलाई प्रस्तुत गरिरहने उनी बताउछन् । थापाले यसै फिल्मबाट म्युजिक भिडियो निर्देशन समेत थालेका हुन् । आगामी दिनमा यो यात्रा निरन्तर रहने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology