हङकङकी आरोही हङले राखिन् सगरमाथामा सबैभन्दा छिटो चढ्ने महिलाको कीर्तिमानी

  • साझा डबली
  • आइतवार, जेष्ठ ९, २०७८
  • काठमाण्डौ,जेठ ९ । नेपालकी आरोही फुन्जो झ्याङ्मु लामाको नाममा रहेको सगरमाथामा महिला छिटो आरोहणको कीर्तिमानी हङकङकी आरोही साङ यी हङले सगरमाथामा सबैभन्दा छिटो आरोहण गरेर तोडेकी छिन ।

    उनी शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेर आइतबार दिउँसो ३ बजेर १० मिनेटमा चुचुरो पुगेको खबर आएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

    यसअनुसार उनले २५ घण्टा ५० मिनेटमा चुचुरो चुम्न सफल भएकी छिन् । नेपालकी महिला आरोही फुन्जो झ्याङ्मु लामाले १५ मे २०१८ मा ३९ घण्टा ६ मिनेटमा सगरमाथा चढेर छिटो चढ्ने कीर्तिमान राखेकी थिइन् ।

    पुरुषतर्फको कीर्तिमान भने पेम्बा दोर्जे शेर्पाको नाममा छ । उनले सन् २००४ मा राखेको ८ घण्टा १० मिनेटको रेकर्ड त्यसयता कसैले पनि तोड्न सकेको छैन ।

    फोटो साभार : एसिया टाइम्स

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology