लुम्बिनी प्रदेश : राष्ट्रियसभाको उपनिर्वाचन आज , कसले मार्ला बाजी ?

  • साझा डबली
  • सोमवार, जेष्ठ १७, २०७८
  • काठमाडौं,जेठ १७ । लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुदै छ ।

    उपनिर्वाचनमा दुईजनाले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवारी दिएका हुन् ।

    दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने उपनिर्वाचनमा कोभिड पोजेटिभका लागि छुट्टै मतदानस्थल बनाइएको छ।

    निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने जनाएको छ । निर्वाचनमा प्रदेश सांसद ८३ तथा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष २१७ गरी जम्मा मतदाता ३ सय पुगेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology