कस्तुप पन्तको दशैं तिहार बिशेष : आयो दशैं तिहार गित सार्बजनिक ( भिडियो सहित )

  • सबिन रेग्मी
  • मङ्लबार, अशोज ५, २०७८
  • सबिन रेग्मी / काठमाडौैं,असोज ५ । लोकदोहोरी गायक सर्जक एबम् गितकार कस्तुप पन्तको दशैं तिहार बिशेष ‘आयो दशैं तिहार’ गित सार्वजनिक भएको छ ।

    नेपालीहरुको महान चाड दशैं तथा तिहारको अबसर पारेर ‘आयो दशैं तिहार’ गित सार्बजनिक गरिएको गायक सर्जक एबम् गितकार पन्तले बताउनुभयो । दशैं , तिहार जस्ता चार्डपर्ब आउदा गरिब लाई गाह्रो हुदा कसको दैलोमा पुगरे खुसि मागेर ल्याउला अनि दशैं तिहार मनाउला भनेर एउटा गरिबिको पिडा लाई शब्द र चित्र मार्फत प्रस्तुत गरिएको पन्तले बताउनुभयो ।

     

    गितमा गायकको स्वर कस्तुप पन्त र गाइकको स्वरमा देबि घर्तिले दिनुभएको छ । केशब सापकोटाले म्युजिक भरेको गितमा म्युजिक एरेन्ज कमल सौरागको रहेको छ । गितको मिक्सीङ खड्का बाजुरालीले गर्नुभएको छ ।

     

    गितको भिडियोमा चर्चित मोडल जिबी चिरन र निरुता शाहिको साथमा बाल कलाकार आर्चय पन्तको पनि कलात्मक अभिनय रहेको छ । गितको भिडियो निर्देशन सृजन बरालले गर्नुभएको हो ।

     

    गितको पोष्ट प्रोडक्सनको काम जनता फिल्मीले गरेको छ भने उक्त गित कस्तुप पन्तको युटियुब च्यानलबाट सर्बाजनिक गरिएको छ । लोकदोहोरी गाएक सर्जक एबम् गितकार पन्तले समय सापेक्ष र चार्डपर्ब बिशेष गित सार्बजनिक गदै आउनुभएको छ ।

    भिडियो 

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology