काँग्रेस १४औं महाधिवेशन:अर्चना रेग्मी दाङ क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्ने कान्छी उम्मेदवार

  • साझा डबली
  • बुधबार, अशोज ६, २०७८
  • काठमाडौँ, आश्विन ०३ । नेपाली काँग्रेस १४औं महाधिवेशनमा होईसकेको छ । देश नै नेपाली काँग्रेसको चारतारे झण्डामय भएको छ । गत भदौ देखि वडा अधिवेशन बाट सुरुवात भएको महाधिवेशन मंसिरमा केन्द्रीय नयाँ नेतृत्व चयन गर्दै सकिनेछ ।

    नेपाली काँग्रेसमा युवा नेतृत्व आवश्यक रहेको भनिरहँदा १३औं महाधिवेशनको तुलनामा १४औं महाधिवेशनमा स्थानिय निकायहरुमा धेरै यूवाहरु नेतृत्वमा पुगिसकेका छन ,जुन काँग्रेस को लागी सकरात्मक कुरा हो ।आसन्न महाधिवेशनमा यूवाहरुको बर्चस्व स्थापित गरि काँग्रेस रुपान्तरणको लागी भन्दै स्थानीय स्तर देखि केन्द्र सम्म यूवाहरुले बिभिन्न पदमा उम्मेदवारी घोषणा गरिसकेका छन ।

    यसै मध्य नेपाली काँग्रेसको प्रभाव भएको दाङ क्षेत्र नं ३ तुल्सीपुर उपमहानगरपालिका वडा नं १५ निवासी अर्चना रेग्मी महाधिवेशन प्रतिनिधि घोषणा गर्ने कान्छी उम्मेदवारको रुपमा रहेकी छन । नेपाल बिद्यार्थी संघकी निवर्तमान केन्द्रीय सदस्य समेत रहेकी रेग्मी सानो उमेर देखि नै नेबिसंघमा सक्रिय रहेकी थिईन । नेपालको विद्यार्थी आन्दोनमा लामो समय सम्म संलग्न रेग्मी अहिले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेकी छिन ।

    उनेले सम्पूर्ण निर्वाचित कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिँदै काँग्रेसको रुपान्तरण गर्न आफ्नो उम्मेदवारी रहेको र सम्पूर्ण काँग्रेसीजनहरुबाट सहयोग गरि बिजयी गराउने अपेक्षा रहेको बताएकी छन ।

    बिपीको समाजवाद लाई ब्यबहारमा लागु गरेर काँग्रेस आगामी दिनमा अगाडि बढ्नुपर्ने, अग्रज लाई सम्मान गर्दै युवाहरुलाई नेतृत्वमा स्थापित गरि काँग्रेसलाई प्रजातान्त्रिक पार्टीको रुपमा गर्व गर्न लायक बनाउने बाटोमा जानुपर्ने आजको आवश्यकता रहेको उम्मेदवार रेग्मीले साझा डबलीलाई बताएकी छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology