अब पोखरा रारा यात्रा प्रत्यक्ष हवाई उडान मार्फत

  • साझा डबली
  • शनिबार, अशोज २३, २०७८
  • पोखरा असोज २३
    पोखरा बाट पहिलो पटक पोखरा रारा यात्रा हवाई उडान मार्फत हुने भएको छ । पोखराको सृजना चोकमा रहेको प्लेजर्स टुर्स अन्ड टाभल्स मार्फत दशैं तिहारमा रारा घुम्न जानेहरुको लागि पहिलो पटक पोखरा तल्चा यात्रा शुरु गर्न लागेको प्लेजर्स टुर्स अन्ड टाभल्सका कम्पनीका निर्देशक जितेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

    कोरान कहर बिस्तारै कम हुदै गएको अबस्थामा पर्यटन लाई पुन जिवन प्रदान गर्न तथा आन्तरीक पर्यटनको बिकास र बृद्धि गर्नै हेतुले उडान शुरु गरिएको श्रेष्ठले जनाए ।

    सडक यातायात बाट रारा पुग्न कष्टकर र धेरै दिन लाग्ने हुदा रारा यात्रा अब हवाई उडान मार्फत २ देखी ३ दिनको यात्राले पर्यटन क्षेत्रमा थप टेवा पुग्ने पोखराका पर्यटन ब्यबसायी दिपक पौडेलले दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology