नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरि राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा दायर

  • साझा डबली
  • मङ्लबार, कार्तिक ३०, २०७८
  • काठमाडौं, कात्तिक ३० ।

    नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले १२ जनाविरुद्ध उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको छ ।

    अधिकांश डिस्टिलरी र बोटलर्स कम्पनी सञ्चालकमाथि मुद्दा दायर गरेको विभागले जनाएको छ । उनीहरूविरुद्ध पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी भएको विभागले जानाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology