सर्जक नवराज पन्तको नयाँ पन्चेबाजा गीत “ आईपुग्यो बाउलुङ बजार ” सार्वजनिक (भिडियो सहित)

  • साझा डबली
  • शुक्रबार, मंसिर ३, २०७८
  • गणेश शर्मा काठमाडौं,मंसिर ०२। चर्चित सर्जक नवराज पन्तको नयाँ पन्चेबाजा गीत “ आईपुग्यो बाउलुङ बजार ” सार्वजनिक भएको छ ।

    ‘आईपुग्यो बाउलुङ बजार’ गीत नवराज पन्तको आफ्नै यूटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

    गहिरो प्रेममा परेका युगल जोडी बिछोड हुँदा भोगेको पिडा पश्चात छुट्नै नसक्ने भएपछी अन्ततः प्रेम लाई जिवन्त बनाउन सफल भएको कारुणिक कथा उठान गरिएको गीतमा अहिलेका सर्बाधिक सफल कलाकार बसन्त थापा र जुना श्रीस मगरले आवाज भरेका छन । नवराज पन्तको शब्द, लोकप्रिय संगीतकार तथा गायक खेम पुनले संगीत भरेको गीतमा कथा तथा निर्देशन बिनोद भण्डारीको रहेको छ । एरेन्जमा आशिष अबिरल तथा रेकर्डिङ,मिक्सिङमा मजोज परियार रहेको गित रागा रेकर्डमा रेकर्ड भएको हो ।

    बिनोद भण्डारी र जुना गुरुङले अभिनय मार्फत उक्त गितको भावलाई न्याय दिन सफल भएका छन ।
    यस्तै मनोज कार्की लुमिनोउस पोस्ट्वोर्कको सम्पादन रहेको गीतको सिनेमाटोग्राफर करन चैसिर, आईटी सपोर्टमा राजेन्द्र अर्याल रहेका छन ।

    करोड क्लबमा समावेश भएको सालको पात,पानपाते ठुली लगाएतका सर्बोत्कृष्ट गीतमा सहकार्य गर्दै सर्वाधिक लोकप्रिय बनेका बाग्लुङे कलाकारहरुको सम्योजनले पनि दर्शकहरुले यस गीतलाई छुट्टै महत्वका साथ हेर्नेछन ।

    गीतको भिडियो लिङ्क तल राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology