कांग्रेस गण्डकी प्रदेश सभापतिमा पौडेलको उम्मेदवारी

  • साझा डबली
  • आइतवार, मंसिर १२, २०७८
  • पोखरा १२ मंसिर

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा रघुनाथ पौडेलले गण्डकी प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार पोखरामा पत्रकार सम्मेलन गरी पौडेलले पार्टी भित्र रहेको विकृति र विसंगति हटाइ पार्टीलाइ सुद्धढ बनाउन आफुले सभापति पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

    पार्टीमा युवा वा बरिष्ठ भन्दापनि नागरिकको पक्षमा काम गर्ने उम्मेदवारले चुनाव जितेको उनले उल्लेख गरे । तनहुँबाट महासमिति सदस्यमा निर्विरोध निर्वाचित पौडेल २०२४ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । २०३२ सालमा पार्टीको क्रियाशिल सदस्यता लिएका पौडेल २०५३ सालमा जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।अविछिन्न रुपमा तनहुँमै बसेर पार्टी संगठनमा काम गरेको, पार्टीको जेष्ठता र शैक्षिक योग्यताको अग्रपंक्तिमा रहेर लामो समय सम्म काम गरेको अनुभव आफूसंग रहेको पौडेलले दाबी गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology