नेपाल जुनियर वल्र्ड टूर टेनिस च्याम्पियनसिप भोलिदेखि पोखरामा

  • नेपाल सहित ११ देशका ८८ खेलाडीको सहभागिता रहने
  • नारायण क्षेत्री
  • आइतवार, मंसिर १९, २०७८
  • पोखरामा सोमवारदेखि नेपाल जुनियर वल्र्ड टेनिस च्याम्पियनसिप ग्रेड–२ प्रतियोगिता सुरु हुँदै छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालस्थित टेनिस कोर्टमा मंसिर २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सहित ११ देशका ८८ जना खेलाडीहरुले सहभागिता जनाउने संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    नेपाल, भारत लगायत ११ राष्ट्रका ८८ गल्र्स÷व्याइज खेलाडीको सहभागिता रहने प्रतियोगिता अन्तर्गत सिंग्लस र डबल्समा खेलाडीहरुले प्रतिस्पधा गर्ने छन् । विजेता खेलाडीले स्वर्ण र रजत पदक प्राप्त गर्नेछन् भने अन्तर्राष्ट्रिय टेनिस संघ (आइटिएफ) बाट ¥याङकिङ् अंक प्राप्त गर्ने संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिताको पहिलो सकिर्टमा ८९ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

    पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले अन्य खेल जस्तै टेनिस खेलको वृत्ति विकासका लागि प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताए । टेनिस संघले प्रतियोगिता आयोजना गरेपनि सबैको प्रतियोगिता भएकाले प्रदेशको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

    प्रतियोगितालाई सफल बनाउन युवा तथा खेलकुद मन्त्रालय गण्डकी, प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की लगायत विभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology