सबैको साझा प्रयासले मात्र भ्रष्टाचार न्यूनिकरण सम्भव

  • सुशासन पत्रकारिता पुरस्कारबाट अन्नपूर्णकर्मी मिश्र सम्मानित
  • नारायण क्षेत्री
  • बिहिबार, मंसिर २३, २०७८
  • सबैको साझा प्रयासले मात्र भ्रष्टाचार न्यूनिकरण कम हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरा र सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले बिहीबार संयुक्त रुपमा आयोजना गरेको अन्र्तक्रियामा बोल्दै अख्तियार पोखराका प्रमुख कोषहरि निरौलाले भ्रष्टाचार न्युनिकरणका लागि सबै भन्दा पहिले व्यक्ति नै सचेत हुनुपर्नेमा जोड दिए । तीन तहका सरकारले गरेका काम र सार्वजनिक सेवा प्रवाहका बारेमा नागरिकले सधै खबरदारी गर्नुपर्ने उनले बताए ।

    त्यस्तै सुनास कास्कीका अध्यक्ष एवं कालिका बहुमुखी क्याम्सका प्रमुख रबिन्द्र बास्तोलाले हरेक बर्ष दिवस मनाएपनि भ्रष्टाचार मौलाउदै गएको बताए । सबै क्षेत्रमा कानुनको पहँुच पु¥याउन सके भ्रष्टाचार कम हुने उनको भनाई थियो । उनले अख्तियारले मात्र सबै भ्रष्टाचार निर्मुल गर्न नसक्ने भएकाले युवा वर्ग, नागरिक समाज लगायत सबैको सामुहिक प्रयास आवश्यक रहेको बताए ।

    त्यस्तै सुनास कास्कीका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार पुण्य पौडेलले अख्तियारको एकल प्रयाले मात्र भ्रष्टाचार न्यूनिकरण गर्न नसकिने बताए। समाजमा सबै भ्रष्टाचार मात्र नभई राम्रो काम गर्ने व्यक्ति पनि रहेको उनको भनाई थियो । उनले संचारमाध्यमले पनि भ्रष्टाचार भन्दा राजनीतिक विषयलाई बढी प्राथमिकता दिएको बताए ।

    कार्यक्रममा अख्तियार पोखराका उपसचिव मेघराज रिजालले भ्रष्टाचार नियन्त्रणमा युवा विद्यार्थीहरुको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेको थिए । सन् २००३ डिसेम्बर १० मा नेपालले भ्रष्टाचार विरुद्धको संयुृक्त राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरी त्यसको ८ बर्षपछि २०११ मा संसदले अनुमोदन गरेको थियो ।

    यसैबीच, सुनास कास्कीद्धारा सञ्चालित एवं स्व. लेखबहादुर गुरुङद्धारा स्थापिर्त सुशासन पत्रकारिता पुरस्कार २०७८, बाट अन्नपूर्णकर्मी बासुदेव मिश्र सम्मानित भएका छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासनको क्षेत्रमा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो । अख्तियार पोखराका प्रमुख निरौला र सुनासका अध्यक्ष बास्तोलाले उनलाई नगद पन्ध्र हजार र सम्मानपत्र सहित सम्मान गरे । सम्मान ग्रहण गर्दै उनले पुरस्कारले आफूमा थप जिम्मेवारी बढेको बताए । मिश्र विगत २ दशकदेखि पोखरामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology