डोटीको जनज्योती आधारभूत विद्यालयमा तोडफोड

  • साझा डबली
  • शुक्रबार, भदौ २२, २०८०
  • डोटी । डोटीको सायल गाउँपालिका -२ ग्वानीमा रहेको जनज्योती आधारभूत विद्यालयमा तोडफोड भएको छ ।

    बिहीबार रातिको समयमा अज्ञात व्यक्तिले विद्यालयमा तोडफोड गरेको वडाध्यक्ष मान बहादुर सिंहले जानकारी दिए । उनले भने‘विद्यालयको ताला तोडी कार्यालयभित्र रहेका विभिन्न कागजात च्यातेर यत्रतत्र फालिएको अवस्थामा फेला परेका छन् ।’

    विद्यालयका केही सामग्री अज्ञात व्यक्तिले लगेर गएको र बाहिर सडकामा फालेका कागजात पानीले भिजेको अववस्थामा भेटिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंहले बताए । विद्यालयमा कसले र किन तोडफोड गर्यो भन्ने खुल्न नसकेको सिंह बताउँछन् ।

    घटनाको बारेमा बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए । गत असारमा यो विद्यालय यसै वडामा रहेको भवानी माध्यमिक विद्यालयमा गाभिएको थियो ।

    विद्यालय गाभ्ने बेला बाल कक्षा यसै ठाउँमा सञ्चालन गर्ने सहमति भएको भएपनि त्यसयता कार्यालय खोल्नेबाहेक यस विद्यालयमा पठनपाठनका भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology