सरकारले दशैं, तिहार र छठ लक्षित सहुलियतपूर्ण पसल सञ्चालन गर्ने

  • साझा डबली
  • मङ्लबार, अशोज ९, २०८०
  • काठमाडौँ । सरकारले दशैं, तिहार र छठ लक्षित सहुलियतपूर्ण पसल सञ्चालन गर्ने भएको छ । असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म करिब डेढ महिनाको अवधिमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउन लागेको हो ।

    सरकारले प्रत्येक वर्षको दशैं र तिहार लक्षित सहुलियतपूर्ण पसल सञ्चालन गर्दै आइरहेको छ । यसपटकको दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियतपूर्ण पसल सञ्चालन गर्नेछन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरको ४८ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ । यसका लागि ४२ विभिन्न जिल्ला छानिएको छ । यसबाहेक, साल्ट ट्रेडिङले ३५ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा हुनेछ ।

    सरकारले चालू आर्थिक वर्षमा सहुलियतपूर्ण पसलका लागि भनेर २ करोड ३२ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सरकारले यही असोज २१ गतेदेखि करिब डेढ महिनासम्मका लागि सहुलियत पसल सञ्चालनमा आउने बताए ।

    सरकारले सञ्चालन गर्ने पसलमा जिउँदा खसी/च्याङ्गा, मोटा/मसिनो चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सूर्यमुखी तेल, भटमास तेल, चिउरा पाइन्छ । यस्तै, कर्णालीको सिमी÷गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवा, चिनी, नुन र अन्य प्रकारका खाद्य वस्तु समेत सहुलियत पसलमा राखिने सरकारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology