नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा

  • साझा डबली
  • मङ्लबार, अशोज १६, २०८०
  • काठमाडौं।नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । उनी अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतान्तरले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    बाँकी पदाधिकारीमा पनि उनकै प्यानलका सबै निर्वाचित भएका छन् । सोमबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडाले ५१२ मत पाएका छन् । विनोद ढकालले ४३० मत प्राप्त गर्दा ३५ मत बदर भएको थियो ।

    पार्टी अध्यक्ष पदमा खतिवडा र ढकालबीच प्रतिस्पर्धा भएको यो दोस्रोपटक थियो । २०६६ मा उनीहरू मोरङ अध्यक्षमा पहिलोपटक आमनेसामने बन्दा विनोद ढकाल विजेता बनेका थिए ।

    खतिवडा मोरङ–१ बाट निर्वाचित पूर्व सांसदसमेत हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology