नेकपाद्वारा भारतीय दूतावास घेराउ

  • साझा डबली
  • शनिबार, अशोज २७, २०८०
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा नेतृ भृकुटीले ग्रेटर नेपाल फिर्ता ल्याउन सबै नेपाली एकतावद्ध हुनुपर्ने बताएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनाधिकृत रुपमा नेपाली भूमिमा प्रवेश गरेकाे विराेधमा आयाेजित विराेध प्रदर्शनलाई सम्बाेधन गर्दै भृकुटीले ग्रेटर नेपाल फिर्ता ल्याउन सबै नेपाली एकतावद्ध भएर लड्नुपर्ने बताएकी हुन् ।

    भारतीय दूतावास अगाडि भएकाे प्रदर्शनमा उनले ग्रेटर नेपाल फिर्ता ल्याउन सुरक्षाकर्मीले पहिलाे माेर्चा लड्नुपर्ने बताइन् । ‘ग्रेटर नेपाल फिर्ता ल्याउन नेपालीहरू एकतावद्ध भएर लड्नुपर्ने छ । यसकाे अग्र माेर्चा सुरक्षाकर्मीले लड्नुपर्ने छ ।’, उनले भनिन्, ‘याे माेर्चा लड्दा हाम्रो पहिलाे निशाना विभिन्न सम्झाैता गर्ने दलालहरुलाई हुनेछ। पूर्व टिस्टादेखि पश्चिम काँगडासम्म भूभाग सुम्पिएर असमान सन्धि गर्नेहरू, सुनाैली सन्धिदेखि एमसीसीसम्मका विभिन्न सन्धी गर्नेकाे टाउकाेमा ढ्याङ्ग्रो ठाेक्नुपर्छ ।’

    नेपालमा भारतकाे दादागिरी बढ्दै गएकाेले प्रतिराेध गर्न नेकपा तयार भएकाे भन्दै प्रतिरोध संघर्षमा साथ दिन नेपाली जनतालाई आह्वान गरिन् । विराेध प्रदर्शन पछिकाे काेणसभाकाे संचालन अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र सीले गरेका थिए ।

    केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकाे अनुमति नलिई कालापानी क्षेत्रको भ्रमण गरेका थिए । त्यसैको विरोधमा नेकपा, उपत्यका ब्युरो र संयुक्त जवसकाे आयाेजनामा विराेध प्रदर्शन गरिएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology