मुगुमा एकै परिवारका ४ जनाको हत्या

  • साझा डबली
  • शुक्रबार, कार्तिक १०, २०८०
  • काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका–६, मा एकैपरिवारका ४ जनाको हत्या भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाले स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको जानकारी दिएका छन ।

    घटनामा श्रीदेवी सहित उनका ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका अर्का छोराको हत्या भएको हो ।
    प्रहरीले घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरेको छ ।

    डिएसपी थापाले भने ‘परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा घरमा आउँदा रगत देखेपछि प्रहरीलाई खबर गरेका हुन ।’

    डिएसपी थापाले सुक्रबार बिहान पौने १० बजेतिर खबर आएपछि घटनास्थलमा पुगेर विभिन्न कोणबाट अनुसन्धान थालिरहेको जानकारी दिए ।

    प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । श्रीदेवीका श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर रहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology