म प्यालेस्टाइन हूँ

  • साझा डबली
  • शुक्रबार, माघ ५, २०८०
  • तिमी हामीमाथि बमले जुलुम गर

    तिमी हामीमाथि तोपहरूले दाग

    तिमी हामीमाथि अन्यायका सारा संसार थोपर

    तर, म प्रतिरोध गरिरहनेछु

    किनकि म प्यालेस्टाइन हुँ

    म आफ्नो माटो खोसिएको धर्तीपुत्र हुँ ।

     

     

    तिमी समुद्रबाट हमला गर

    वा तिमी आकासबाट हमला गर

    तिमी सुरुङबाट लड वा

    हाम्रा बस्तीहरूलाई चिहानमा फेर

    तर म प्रतिरोध गरिरहनेछु

     

    किनकि म प्यालेस्टाइन हुँ

    म आफ्नो राष्ट्र खोसिएको अनागरिक हुँ ।

    किनकि म प्यालेस्टाइन हुँ

    म आफ्नो माटो खोसिएको धर्तीपुत्र हुँ ।

     

    तिमी समुद्रबाट हमला गर

    वा तिमी आकासबाट हमला गर

    तिमी सुरुङबाट लड वा

    हाम्रा बस्तीहरूलाई चिहानमा फेर

    तर म प्रतिरोध गरिरहनेछु

    किनकि म प्यालेस्टाइन हुँ

    म आफ्नो राष्ट्र खोसिएको अनागरिक हुँ ।

     

    तिमी बर्बरताले आकास चुम

    वा तिमी कोपिलाहरू चुँडेर वसन्त रोक

    तिमी अमेरिकी पिछलग्गू बन

    वा हाम्रै भूमिमा नयाँ शिखण्डी खडा गर

    तर म प्रतिरोध गरिरहनेछु

    किनकि म प्यालेस्टाइन हुँ

     

    म आफ्नै भूमिमा भइरहेको अत्याचारविरुद्ध गर्जिरहनेछु ।

    हो, म प्यालेस्टाइन हुँ

    तिम्रो बर्बरताकै चिहानबाट

    नयाँ-नयाँ प्यालेस्टाइन जन्माइरहनेछु ।

     

    ( साहित्यकार कुशल बोगटीको हालै प्रकाशित कविता संग्रह बिद्रोहको गीतबाट)

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology