ताइवानमाथि अमेरिकाले गरेको हस्तक्षेपप्रति नेकपाकाे ध्यानाकर्षण

  • साझा डबली
  • शुक्रबार, माघ ५, २०८०
  •  

    काठमाडौं। हालै ताइवानमा सम्पन्न भएको राष्ट्रपतिको चुनाव एवम् शनिबार प्राप्त नतिजालाई लिएर संयुक्त राज्य अमेरिकाको हस्तक्षेप र चीनको प्रतिवादको विषयप्रति नेपाल कम्युनिस्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    पार्टीका प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज प्रकाण्ड सीले आज एक प्रेस विज्ञप्ति जारी गरि ताइवान चीनको अभिन्न अङ्ग भएको र यो दृष्टिकोण र नीतिमा नेकपा र नेपाली जनता दृढ रहेको समेत प्रस्ट पारेका छन् ।

    विज्ञप्तिमा भनिएको छ,-‘एकीकृत चीन’ हाम्रो पार्टीको नीति हो । ताइवान चीनको अभिन्न अङ्ग हो । यो दृष्टिकोण र नीतिमा हाम्रो पार्टी र नेपाली जनता दृढ रहेको कुरा समेत प्रस्ट पार्न चाहन्छौँ ।’

    अमेरिकी जो वाईडेन सरकारले ताइवानमाथि गरेको हस्तक्षेप, मच्चाउन खोजेको अशान्ति र उत्तेजनात्मक प्रंशसाको अन्तर्यमा अमेरिकी विखण्डनवादी रणनीति रहेको बताएका छन् । उक्त कार्यको आफ्नाे पार्टीले घोर निन्दा एवम् भर्त्सना गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिकाे पूर्ण पाठ-

    हालै ताइवानमा सम्पन्न भएको राष्ट्रपतिको चुनाव एवम् शनिवार प्राप्त नतिजालाई लिएर संयुक्त राज्य अमेरिकाको हस्तक्षेप र चीनको प्रतिवादको विषयप्रति विश्व श्रमिक वर्गको एक टुकडी हुनुको हैसियतले नेपाल कम्युनिस्ट पार्टीको ध्यान गम्भिर रुपमा आकर्षण भएको छ । उपरोक्त विषयबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

    १. ताइवानमा राष्ट्रपतिको चुनावको तयारीको अवधि देखि नै संयुक्त राज्य अमेरिकाको चासो, मत गणनाको समयमा राष्ट्रपति जो वाईडेनका सुरक्षा सल्लाहकार जेक सुलिभान तथा विदेश उपमन्त्रीको टोली ताईवान पठाउनु र ‘ताईवानको ठुलो सहयोगीको हैसियतले यस क्षेत्रमा शान्ति र स्थायीत्व स्थापनाका निम्ति हाम्रो सहकार्य जारी रहने छ । हाम्रो साझा हितको रक्षाका निम्ति विलियम लाइ र अन्य दलसँग सहकार्य गर्न ईच्छुक छौ ।’ भन्ने भावको बधाई वक्तव्य राष्ट्रपति जो वाईडेन र विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले दिनुबाट अमेरिकी जो वाईडेन सरकारले ताईवानमाथि गरेको हस्तक्षेप, मच्चाउन खोजेको अशान्ति र उत्तेजनात्मक प्रशसाको अन्तर्यमा अमेरिकी विखण्डनवादी रणनीति रहेको कुरा स्पट हुन आउँछ । उक्त कार्यको हाम्रो पार्टी घोर निन्दा एवम् भर्त्सना गर्दछ ।

    २. ‘एकीकृत चीन’ हाम्रो पार्टीको नीति हो। ताईवान चीनको अभिन्न अङ्ग हो। यो दृष्टिकोण र नीतिमा हाम्रो पार्टी र नेपाली जनता दृढ रहेको कुरा समेत प्रस्ट पार्न चाहन्छौँ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology