काठमाडौको सतुङ्गलमा मनाइयो २९ औं जनयुद्ध दिवस

  • साझा डबली
  • मङ्लबार, फाल्गुन १, २०८०
  •  

     

    सतुङ्गल। नेपालमा जनयुद्ध प्रारम्भ गरिएको दिनको स्मरण,प्रतिबद्धता र उपलब्धिको रक्षाको प्रतिबद्धता सहित काठमाडौको सतुङ्गलमा २९ औं जनयुद्ध दिवस मनाइएको छ।नेपाल कम्युनिस्ट पार्टी उपत्यका अन्तर्गत ३ नम्बर जिल्लाको आयोजनामा २९औं जनयुद्ध दिवस मनाइएको इन्चार्ज डी आर सी ले जानकारी दिएका छन।

     

    जनयुद्ध दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका उपत्यका इन्चार्ज तथा पोलिटब्युरो सदस्य कृति सीले जनयुद्ध आमजनता र परिवर्तनकारी शक्तिका लागि गौरबपुर्ण दिन र इतिहास भएको बताए।

     

    राजतन्त्र र संसदवादी दलहरू सम्मीलित व्यवस्थाबाट देशमा शान्ति र स्थिरता संभव छैन भन्ने मान्यतसहित जनयुद्ध शुरु गरिएको स्मरण गर्दै नेता कीर्ती सीले नेपालमा जनयुद्ध हुन्थेन भने अहिले पनि देशमा राजतन्त्र हुन्थ्यो , जनयुद्धले नै देशमा अहिलेको परिवर्तन आएको हो।तर अहिलेको सामाजिक आर्थिक र भू-राजनीतिक सन्तुलनको फरक परिस्थितिमा एकीकृत जनक्रान्तिद्वारा जनयुद्धको अधुरो कार्यभार पूरा गर्ने दिशामा अगाडि बढिरहेको भनाइ थियो।

     

    मन्तव्यको क्रममा उनले बिश्व तेस्रो बिश्वयुद्दको खतरातर्फ मोडिन खोजेको भन्दै त्यसले देशमा आर्थिक संकट बढ्दै गैरहेको,देश आर्थिक हिसाबले परनिर्भर र नवउपनिवेश उत्पीडनमा रहेकोले नै जनताको जीवनस्तर अझ बढी अफ्ठ्यारोमा परेको समेत दाबी गरे।

    देशमा विद्यमान आर्थिक- राजनीतिक संकटको समाधान गर्ने हो भने अब समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने भन्दै त्यसका लागि कम्युनिस्ट, देशभक्त ,समाजवादी,र लोकतन्त्रवादीहरुको संयुक्त राज्यसत्ता र सहकार्य जरुरी रहेको दावी गर्दै नेता किर्ती सी ले जनयुद्धको शुरूवात भएको दिनलाई बिदा दिन नहुने भनेर अदालतले आदेश गर्ने कुरा प्रायोजित र षडयन्त्रपूर्ण भएको समेत धारणा व्यक्त गरे।

     

    कार्यक्रममा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा` दर्शन´ले मुलुकमा प्राप्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्र र लोकतान्त्रिक अधिकार हासिल हुनुमा जनयुद्धको विशेष योगदान रहेकोले जनयुद्धलाई स्मरण गर्दै देशको अहिलेको संकटबाट निकासको दिशामा लाग्नुपर्ने बताए।

     

    जिल्ला इन्चार्ज डी आर सी ले शुभकामना मन्तव्य व्यक्त गर्दै जनयुद्ध सामन्ती राजतन्त्र विरुद्ध संघर्ष छेडेको महान दिन भएको बताए।जनयुद्धले नै देशमा संघिय गणतन्त्र आएको हो, यसले नै नागरिकले स्वतन्त्रता प्राप्त गरेका हुन , यद्यपि जनयुद्ध पूर्ण बिजय हुन सकेन। यसलाई निरन्तर अगाडि बढाउन तयार रहनुपर्ने धारणा राखे।

     

    मन्तव्यको क्रममा इन्चार्ज डी आर ले साम्राज्यवादले नेपाली भुमि प्रयोग गरेर देशमा युद्द थोपर्न खोजेकोले सबै कम्युनिस्ट, देशभक्त, समाजवादी र सच्चा लोकतान्त्रिक शक्तिहरु एकता र सहकार्यको बाटोमा जानुपर्नेमा जोड दिए।

    केन्द्रिय प्रतिनिधि समिति सदस्य विक्रम सीले समाज र नागरिक माथी राजतन्त्रको दमन र नियन्त्रण थियो।शिक्षा समाज, संस्कार र मान्यताहरुमा असमानता र बिभेद थियो, वाक स्वतन्त्रता थिएन, त्यस्तो व्यवस्थालाई धर्तीबाट सदाका लागि मिल्काउनका लागि जनयुद्ध भएको थियो, यो अझै नयाँ तरिकाले जारी रहेकोले यसका उपलब्धिहरुलाई सेवटेज गर्ने प्रयास भैरहेको छ। देशमा भएको राजनीतिक परिवर्तन र समावेशकरणको पछाडि जनयुद्धको ताकतले काम गरेको भन्दै यसलाई न्यूनीकरण गर्न असंभव रहेको बताए।

    त्यस्तै, सहिद परिवारको तर्फबाट सुदर्शनराज पाण्डेले जनयुद्धका कारण जनताले प्राप्त गरेका आङ्शिक उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बिचार व्यक्त गरे।

    नागार्जुन एरिया इन्चार्ज रकम सी ले मन्तव्यद्वारा स्वागत गर्दै शुरु गरिएको शुभकामना आदनप्रदान कार्यक्रमलाई जिल्ला सेक्रेटरी दिनेशले सञ्चालन गरेका थिए भने इन्चार्ज डी आर ले कार्यक्रमको अध्यक्षता गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology