त्रिविकाे उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस   

  • साझा डबली
  • सोमवार, फाल्गुन ७, २०८०
  •  

    काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । नाम सिफारिस गर्न गठित समितिले प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।

     

    उपकुलपतिका लागि ४३ जनाको आवेदन परेकोमा पहिलो चरणमा सिफारिस समितिले १४ जनाको नाम छनोट गरेको थियो । छनोट भएका १४ जनाको हिजो अन्तर्वार्ता भएपछि शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको हो । अब विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले तीन जनामध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने छन्।

     

    गएको कात्तिक १६ गते तत्कालीन उपकुलपति प्राध्यापक धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि तत्कालीन रेक्टर शिवलाल भुसालले ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाउनुुभएको थियो । तर त्यस अवधिमा पनि उपकुलपति छनोट नसकिएपछि फेरि उहाँले थप ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology