समाजवादी मोर्चा नेपालले आज काठमाडौँमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्दै

  • साझा डबली
  • मङ्लबार, चैत्र २०, २०८०
  • काठमाडौँ । नेपाल कम्युनस्ट पार्टीसहित चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।  दिउँसो १ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा अन्तरक्रिया हुने मोर्चाका संयोजक एवम् नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी को सचिवालयले बताएको छ ।

    सचिवालयका अनुसार ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया कार्यक्रम राखिएको हो । कार्यक्रममा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूलाई बोलाइएको छ ।

    कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्न चार वटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology