निगमले बढायो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य 

  • साझा डबली
  • सोमवार, बैशाख ३, २०८१
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो ।

    निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

    बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ ।

    मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७२ रुपैयाँ ५० पैसाबाट १७५ रुपैयाँ ५० पैसा पुगेको छ ।

     

    यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७४ रुपैयाँ ५० पैसाबाट १७७ रुपैयाँ कायम भएको छ ।

     

    यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७५ रुपैयाँबाट १७८ रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology