घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर शिव बराल पक्राउ 

  • साझा डबली
  • बुधबार, बैशाख ५, २०८१
  • पोखरा । पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा थप एक जना इन्जिनियर पक्राउ परेका छन् । पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार पक्राउ गरेको हो ।

     

    गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरु १ लाख ५० हजार रुपैयाँ घुससहित रंगे हात पक्राउ परेका थिए ।

     

    त्यही प्रकरणमा मंगलबार साँझ बराललाई पनि पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । उनीहरुले यही एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको छ ।

     

    ‘पटक पटक घुस लिएको र यो प्रकरणमा बरालकोसमेत संलग्नता देखिएपछि पक्राउ गरी केन्द्रीय कार्यालय पठाएर अनुसन्धान भइरहेको छ’, शिवाकोटीले भने, ‘रंगेहात डेढ लाख रुपैयाँ भेटिए पनि पटक पटक लिएको अनुसन्धानबाट देखिएको छ ।’

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology