नेकपा केन्द्रीय समितिको बैठक सुरु

  • साझा डबली
  • बुधबार, बैशाख ५, २०८१
  • कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक बिहान १० बजेदेखि पार्टी केन्द्रीय कार्यालय शिवगढीमा सुरु भएको हो ।

    नेकपा महासचिव विप्लव सीको अध्यक्षतामा अन्तराष्ट्रिय गानबाट बैठकको सुरुवात भएको हो । बैठकमा महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ १ समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं ११’ शिर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहितको प्रस्ताव पेस गरेका छन् ।

    नेकपा स्थायी समिति सदस्य एवम् प्रचारप्रसार विभाग इन्चार्ज अनिल सीले दिएको जानकारी अनुसार बैठकमा प्रस्तुत प्रस्तावमाथि सबै केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेछन् ।

    बैठकको प्रारम्भमा महासचिव विप्लवले प्रस्तावको मूल भावबारे सम्बोधन गरेका छन् । बैठकमा देश भरका सम्पूर्ण केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको छ । यसअघि महासचिवको प्रस्ताव स्थायी समिति बैठक र पोलिटब्युरो बैठकले पारित गरिसकेका छन् । यो बैठक नवौं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology