दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

  • साझा डबली
  • बिहिबार, बैशाख ६, २०८१
  • धनगढी । नेकपा एकीकृत समाजवादीका दिर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार निकै विवादका बिच मुख्यमन्त्रीमा दाबी पेश गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुुन् ।

     

     

    नेकपा एमाले, माओवादी केन्द, नाउपा (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थनमा सोडारीले दाबी पेस गरेका थिए । आजै उनले पद तथा गोपनीयताको शपथ लिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology