अमेरिकामा गोली चल्दा २ जनाको मृत्यु,६ घाइते

  • साझा डबली
  • आइतवार, बैशाख ९, २०८१
  •  

    वासिङटन डिसी । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ ।

     

    घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक जनाको अवस्था क्षेत्रीय अस्पतालमा ‘चिन्ताजनक’ रहेको मेम्फिस प्रहरी विभागले सामाजिक सञ्जाज एक्समा उल्लेख गरेको छ । यसअघि विभागले एक्समा दक्षिणी राज्य टेनेसीमा अरेन्ट माउन्ड पार्क नजिक करिब दुई सयदेखि तीन सय मानिस भएको अनधिकृत ब्लक पार्टीमा गोली चलेको बताएको थियो ।

     

    अमेरिकामा बन्दुक हिंसा सामान्यजस्तै भएको छ । यहाँ मान्छेभन्दा धेरै बन्दुक छन् । बन्दुकको अधिकारमाथि रोक लगाउने प्रयासहरूले सधैँ कडा राजनीतिक प्रतिरोधको सामना गर्नुपरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology