आगोमा जलेर एक महिलाको मृत्यु

  • साझा डबली
  • सोमवार, बैशाख १०, २०८१
  •  

     

    जनकपुरधाम । धनुषामा आगलागीमा जलेर एक महिलाको मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका- १ भगवानपट्टीमा स्थानीय ४२ वर्षीय विन्देश्वरी कापरको आगलागीमा जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

     

    सोमबार दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

     

     

    प्रहरी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएपछि जलेको अवस्थामा उनको शव भेटिएको हो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology