कर्णाली प्रदेशका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

  • साझा डबली
  • मङ्लबार, बैशाख ११, २०८१
  • सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते (बिहीबार) संसदबाट विश्वासको मत लिने भएका छन् । त्यसका लागि मंगलबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन् ।

    प्रदेश सभाका सूचना अधिकारी उपेन्द्र गुरुङले बिहीबार विश्वासको मत लिने गरी पत्र दर्ता भएको जानकारी दिए । यद्यपि सत्तारुढ गठबन्धनमा भागबण्डाको कुरा नमिल्दा अहिलेसम्म सरकार विस्तार भने हुन सकिरहेको छैन ।

    मंगलबार मुख्यमन्त्री कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भागबण्डाको विषयमा वृहत् रूपमा छलफल भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology