नेपाल आइडलकी अस्मिता अधिकारीको ‘बारुली कम्मर’ गीत रिलिज

  • साझा डबली
  • शुक्रबार, जेष्ठ ३, २०७६
  • काठमाडौं, जेष्ठ ३। नेपाल आइडल रिजन २ की सेकेन्ड रनर अफ अस्मिता अधिकारीको स्वर रहेको ‘बारुली कम्मर’ बोलको गीत रेवेल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

    नेपाल आइडल रिजन २ बाट एकाएक चर्चामा आएकी छिन् । गीतको मुख्य भूमिकामा पूजा गिरीले अभिनय गरेकी छिन् ।

     

    गीतमा अस्मिता अधिकारीसँगै गायक कमल खत्रीले स्वरमा साथ दिएका छन् भने शब्द र संगीत गायक कमल खत्रीको रहेको छ ।

    यस गीतलाई किरण तुलाधरले एरेन्ज गरेका छन् । विदुर पाण्डे र रामशरण उप्रेतीद्वारा छायांकन गरेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । गीतलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन् ।

    भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology