प्राथमिक स्वास्थ्य केन्द्र भित्र दोहोरी साँझ

  • साझा डबली
  • बिहिबार, साउन २, २०७६
  • तेह्रथुम, साउन २। तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र भित्र बुधबार राती दोहोरी साँझ चलेको छ ।

    चर्चित गित गलबन्दीको भाका सँगै यहाँको माहोलले स्वास्थ्य केन्द्रलाई तताएको छ । आठराईका स्वास्थ प्रमुख एवम् प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा. सन्तोषप्रसाद शाहले केन्द्र भित्रै पाटि संचालन भएको बताएका छ्न।

    स्वास्थ्य केन्द्र भित्र के को अवसरमा, कस्तो पाटि, किन संचालन भएको हो भन्ने सवालमा अहिले आफु कुरा गर्न नसक्ने डा. शाहले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology